Skip to content

निफ्राको ६ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सो बैंकले सेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो बैंकले आइतबार एक सूचना जारी गर्दै निफ्राले इच्छुक विद्यमान सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन माग गरेको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरू मध्येबाटै हुने हुँदा कम्पनीले प्राथमिकता दिएको हो । इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यलय नयाँ बानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् भने तोकिएको म्यादभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो सेयर संस्थापक बाहिर बिक्री गरिने बैकले जनाएको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T