Skip to content

सेयर बजार स्थिर, रिडी पावर कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार स्थिर देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ। आज सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

आज सेयर बजार स्थिर भएता पनि कारोबार रकमभने मंगलबारको तुलनामा सामान्य बढेको छ। मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ९.६७ प्रतिशत बढेको हो। यसैगरी, आज सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ ।

आज रिडी हाइड्रोपावर कम्पनीको सेयर नै सबैभन्दा धेरै कारोबार भएको छ। यस कम्पनीको आज ६५ करोड ४७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life