Skip to content
Prabhu

दैनिक २ हजार व्यक्ति रोजगारीको खोजीमा देश छोड्दै, १० महिना विदेशीय ६ लाख बढी युवा

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कामको खोजीमा नेपालबाट बिदेसिने युवाको संख्या ६ लाख नाघेको छ । विदेशमा काम गर्ने जाने श्रमिको तथ्यांक राख्ने निकाय वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालबाट श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ९ हजार ७ सय ५ जना पुगेको देखाएको हो ।

गत आर्थिक वर्षमा नेपालबाट ७ लाख ७१ हजार तीन सय २७ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । अहिलेसम्मको तथ्यांकलाई हेर्दा गत चालु आर्थिक वर्षमा गत वर्षको भन्दा पनि बढी श्रमिक विदेश जाने देखिन्छ । अझै चालू आर्थिक वर्षको २ महिनाको समय बाँकी रहेको छ । २ महिनामा औषत ५० हजारका दरले युवाहरु विदेश गए भने पनि गत वर्षको विदेश जानेको संख्याको हाराहारीमा पुग्ने देखिन्छ ।

यो संख्यामा नेपालबाट भारत जाने को कामदारको गणना गरिएको छैन । भारतसँगको खुला सिमानाका कारण भारतमा कति नेपाली गएका छन् भन्ने एकिन तथ्यांक सरकारी निकायसँग छैन । यदि भारतमा कामका लागि जानेहरुलाई पनि समेट्दा यो संख्या निकै बढी हुन निश्चित छ । पछिल्लो समय श्रम क्षेत्र अस्तव्यस्त रहेको अवस्थामा पनि विदेश जाने नेपालीको संख्यामा कुनै कमी आएको छैन । नेपालमा रोजगारी नपाए पछि बिदेसिन नेपालीहरुको बाध्यता नै हो ।

वैदेशिक रोजगार विभागले सार्वजनि गर्ने यस्तो तथ्यांकमा अध्ययनका लागि जापान लगायतका युरोप र अष्ट्रेलिया जोनहरुको संख्या पनि समावेश गरिएको छैन । नेपालबाट विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या पनि निकै छ । श्रम स्वीकृति लिएर विदेश जाने युवाहरुमा सबैभन्दा बढी मलेसिया र खाडीका मुलुकमा गएको तथ्यांकाले देखाएको छ ।

चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा कम कात्तिक महिनामा नेपालीहरु कामको खोजीमा विदेश गएको तथ्यांकले देखाएको छ । कात्तिक महिनामा नेपालबाट नयाँ र पुराना गरी ४३ हजार ६ सय २२ जान नेपालीहरु रोजगारीका लागि विदेश गएका छन् । कात्तिक महिना भन्दा अरु सबै महिनामा नेपालबाट ५० हजार भन्दा बढी युवा विदेश गएको विभागको तथ्यांकले देखाएको छ । कात्तिक महिनामा दशैँ र तिहार भएका कारणले संख्या कम भएको देखिन्छ । त्यस्तै चालू आर्थिक वर्षको चैत महिनामा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या सबैभन्दा बढी ७० हजार नौ सय ३३ जना
रहेको छ ।

त्यस्तै चालू आर्थिक वर्षको पहिलो महिना साउनमा श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ५५ हजार पाँच सय ७५ जना रहेको छ । त्यस्तै भदौ महिनामा ५० हजार आठ सय ८४ जना रोजगारीका लागि विदेशीयका छन् । असोज महिनामा ५६ हजार दुई सय ३५ जना, मंसिर महिनामा ६८ हजार दुई सय १ जना र पुस महिनामा ६५ हजार आठ सय १३ जनाले रोजगारीका लागि विदेशलाई रोजेका छन् । त्यस्तै माघ महिनामा ६२ हजार एक सय ४७ जना र फागुन महिनामा ६५ हजार छ सय ५८ जना कामको खोजीमा विदेश गएका छन् ।

त्यस्तै वैशाख महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७० हजार ६ सय ३७ जना रहेको छ । १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको औषत हिसाव गर्दा महिनामा ६० हजारभन्दा बढी व्यक्ति विदेश गइरहेको तथ्यांकले देखाएको छ । यो भनेको दैनिक रुपमा २ हजार भन्दा बढी व्यक्ति रोजगारीका लागि विदेश गइरहेका छन् ।

बिदेसिनेमा अधिकांश अदक्ष

नेपालबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने युवाहरुमध्ये उच्च दक्षता हासिल गरेर विदेश जानेको संख्या निकै न्यून रहेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा उच्च दक्षता हासिल गरेर रोजगारीमा जाने नेपालीको संख्या जम्मा ५ सय ३३ जना रहेको छ । यो भनेको जम्मा विदेश जानेको संख्याको ०.०८७ प्रतिशत हो । त्यस्तै विभागको तथ्यांक अनुसार नेपालबाट व्यावसायिक दक्षता हासिल गरेर विदेश जाने नेपाली युवाको संख्या १ हजार ९६८ जना रहेको छ । यो भनेको ०.३२ प्रतिशत हुन आउँछ ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालबाट अर्ध कुशल क्षमता भएका ४९ हजार ३५६ जनाले विदेशमा काम गर्नका लागि श्रमस्वीकृति लिएका छन् । यो १० महिनाको अवधिमा रोजगारीका लागि विदेश जाने नेपालीको कुल संख्याको ८.०९ प्रतिशत हो । यो अवधिमा सबैभन्दा बढी ४ लाख ३८ हजार १०१ जना कुशल दक्षता भएका नेपाली कामको खोजीमा विदेश गएका छन् । यो भनेको ७१.८५ प्रतिशत हो । १० महिनामा १ लाख १९ हजार ७२७ जना अदक्ष श्रमिक विदेशमा कामका लागि गएका छन् । यो भनेको १९.६३ प्रतिशत हो ।

क्र.स

  क्षमताको प्रकार

 

संख्या

उच्च दक्ष ५३३
व्यवसायिक

१९६८

अर्ध कुशल

४९३५६

कुशल

४३८१०१

अदक्ष

११९७२७

कुल

६०९७०५

स्रोत ः वैदेशिक रोजगार विभाग

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal