Skip to content

निजी क्षेत्रले इमान्दारीपूर्वक उद्योग-व्यापार गरोस, सरकार दिल खोलेरै सहयोग गर्न तयार छः अर्थमन्त्री वाग्ले

nabil bank

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै सरकारले दिल खोलेरै सहयोग गर्ने बताए ।
अहिले बलियो सरकार बनेको र यो सरकार बन्दै गर्दा जनताको ठूलो आसा र भरोसा रहेको बताएका छन् ।

सोमबार मन्त्री र नेपाल उद्योग परिसंघबीच भएको भेटघाटमा अर्थमन्त्री वाग्लेलेले यस्तो बताए ।

निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र अब आर्थिक समृद्धि हासिल गर्नुपर्ने समय आएको उनको भनाइ छ ।

‘‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौ । निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउन आएको पहिलो दिन नै हामीले १५ वटा कानुन खारेज गरेर सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको छु’ उनले भने ‘‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो तर उदारको अर्थ छाडा हुनलाई भने हामी नियमन गर्ने नै हो ।’’ मन्त्री वाग्लेले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै सरकारले दिल खोलेरै सहयोग गर्ने बताए ।

नमूना औद्योगिक पार्क बनाउने र त्यसलाई सहजीकरण गर्न निजी क्षेत्रको मागमा अर्थमन्त्री वाग्लेले कुनै बहुर्राष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानी मैत्री वातावरण बनाउन पहल थाल्ने बताए । उनले निजी क्षेत्रलाई सरकारले सबै खाले सहयोग गर्ने बताए । स्वदेशी,ठूला र बहुर्राष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार प्रतिवद्ध रहेको धारणा राखे । ‘सबैखाले सहयोग हामी गर्छौं । लगानी गर्न तपाईंहरु उत्साहित हुनुस् । विदेशी लगानी ल्याउने वातावरण बनाउनुस्’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi