काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चैत २९ र ३० गते गर्न लागेको ६० औं बार्षिक साधारणसभा तथा चुनाव रोकिएको छ ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा आज उच्च अदालत पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले सभा तथा निर्वाचन नगर्न अन्तरिम आदेश दिएको छ ।
चैत्र २२ गते नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।












प्रतिक्रिया दिनुहोस्