Skip to content

बुढीगण्डकी जलविद्युत आयोजना सम्पन्न नगर्नुको विकल्प छैनः सभामुख अर्याल

nabil bank

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच छलफल भएको छ ।

बैठकमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरे ।

छलफलपछि सभामुख डोल प्रसाद (डीपी) अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताए ।

“आयोजना सम्पन्न नगर्नुको विकल्प छैन । कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ, अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन,” उनले भने ।

छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुदन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तमाङ, शोभा खनाल र एन्जिला गुरुङको सहभागीता थियो ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य को पनि उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi