Skip to content

सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक २.९५ अंकले घटेर परिसूचक २८०४.१४ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै घट्दै आएको बजार कारोबार सकिन अन्तिम आधा घन्टा समय बाँकी हुँदा बढ्न थालेको हो । तै पनि अन्तिम समयमा भने बजार बढ्न सकेन ।

३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूह, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा १२१ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । कारोबारमा पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi