Skip to content

सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणले बोलायो

nabil bank
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ ।
प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत् आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय गरेको थियो ।
स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाको प्रतियुनिट चार रुपैयाँ ९९ कायम गरिएको छ । त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्री सम्झौता चालु आवको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय यसअघि नै भएको छ ।
प्राधिकरणको यही वैशाख २ गतेको निर्णयअनुसार, यसै महिनाको अन्तिमसम्म आवश्यक कागजातसहितको निवेदन दिन आग्रह गरिएको छ । आयोजनालाई प्राधिकरणको ३३÷११ केभी क्षमताको ग्रीड वा वितरण सवस्टेशनमा जडान गरिनेछ । प्रवद्र्धकले अनुुरोध गरेमा प्राधिकरणको ११ केभी वितरण लाइनमा आवश्यक व्यवस्थासहित जडान गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाणपत्र, स्थानीय तहको कम्तीमा पनि ५१ प्रतिशत शेयर रहेको अद्यावधिक शेयर लगत विवरण, सञ्चालकको लगतसहितको विवरण पेश गर्नुपर्नेछ । कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, कर चुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत् सर्वेक्षणको अनुमतिपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, आयोजना निर्माण गर्ने जग्गाको लिज सम्झौता वा भोगाधिकार वा कम्पनीको नाममा भएको प्रमाणसहितको कागजात पेश गर्नुपर्नेछ ।
त्यस्तै, विद्युत् खरिद सम्झौताको मस्यौदा तथा विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्न कम्पनीको तर्फबाट हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा पत्र र आयोजनाको निर्माण तालिकासहितको विवरण पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi