Skip to content

सेयर बजार २५.८१ अंकले घट्यो

nabil bank

काठमाडौं । बुधबार सेयर बजार घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ। बुधबारको बजारमा ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज करोबारमा आएका कम्पनीहरु मध्येमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस बैंकको सेयर मूल्य १३.८१ प्रतिशतले बढेर कारोबार भएको हो ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै पाल्पा सिमेन्टस्को २० करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज १३ उपसमूहमध्येमा ३ उप समूहको सूचक बढेको छ भने १० उपसमूहको सूचक घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi