Skip to content

उद्योग वाणिज्य महासंघमा अध्यक्ष श्रेष्ठ समूहलाई ‘सुपर मेजुरिटी’

nabil bank

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मतपरिणाम पछि महासंघमा अञ्जन श्रेष्ठ समूहले सुपर मेजुरिटी पाएको छ ।

महासंघको निर्वाचनमा निवर्तमान अध्यक्ष चन्द्र ढकाल समूह र अध्यक्षमा चयन भएका अञ्जन श्रेष्ठ समूह होमिएका थिए । निर्वाचनमा श्रेष्ठ समूहले सुपर मेजुरिटी पाएको छ । निर्वाचित अधिकांश श्रेष्ट समूहका रहेका छन् । निर्वाचनमा एसोसिएट तर्फको श्रेष्ठ समूहको प्यानल नै विजयी भएको छ । १७ जना सदस्यमा एक जना मात्रै ढकाल समूहको रहेको छ । महिला सदस्य पनि श्रेष्ठ समूहबाट नै विजयी भएका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा अब कार्यकारिणी समितिले चयन गर्ने छ । महासंघको विधानले यस्तो व्यवस्था गरेको छ । यसअघि निर्वाचनमा होमिएका दुई समूहमध्ये ढकाल समूहकले हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्षको रुपमा अघि बढाएको थियो । तर, श्रेष्ठ समूहले तीन जनाको चर्चा हुँदा पनि कसैलाई तय गरेको छैन । श्रेष्ठको समूहबाट बरिष्ठ उपाध्यक्षको चर्चामा भरत आचार्य, रामचन्द्र संघाइ र सुरकृष्ण बैद्यको नाम चर्चामा थियो । अहिले पनि यो चर्चा कायमै छ ।

निर्वाचनमा अञ्जन समूहले करिब बहुमत ल्याएका कारण आचार्य, संघाइ र वैद्यमध्ये एक जनालाई बनाउने निश्चित छ । महासंघमा श्रेष्ठ समूह र पाण्डे समूहले कसलाई बनाउने भन्ने तय गर्ने छन् । अहिलेको प्रश्न भनेको श्रेष्ठ र पाण्डे समूहले सहमतिमा बरिष्ठ चयन गर्ने हो वा शक्ति प्रदर्शन गर्ने हो भन्ने विषय पेचिलो रहेको छ ।

यस्तै महासंघमा श्रेष्ठ समूहबाट एसोसिएट तर्फ १७ जना विजयीमा ११८३ मत ल्याएर तेस्रो भएका अम्बिका पौडेलको नाम कोषाध्यक्षको रुपमा चर्चामा छ । महासंघको नवनिर्वाचित कार्यकारिणी सदस्यको बैठकले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने छ । महासंघमा अध्यक्ष श्रेष्ठले बहुमत सहित विजय हासिल गरेका कारण अब निर्णय, नियुक्ती तथा मनोनयन प्रकृयामा उनीहरुको नै हावि हुने देखिएको छ ।
निर्वाचनबाट एसोसिएटमा श्रेष्ठ समूहले एक सदस्य बाहेक सबै पदमा विजयी हासिल गरेको छ ।

वस्तुगतको उपाध्यक्षमा भने श्रेष्ठ समूहका शिव प्रसाद घिमिरे ३ मतले पछि पर्दा ढकाल समूहका नरेशलाल श्रेष्ठ विजयी भए । यस्तै वस्तुगतमा भने ढकाल समूह नै हावी बनेको छ ।
जिल्ला नगरतर्फ भने अध्यक्ष श्रेष्ठको हावी देखिए ।

जिल्ला नगरमा उपाध्यक्षमा श्रेष्ठ समूहका कृष्ण प्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । जिल्ला नगरमा ढकाल समूह कमजोर देखियो । जिल्ला नगरमा १५ जना कार्यकारिणी सदस्यमा १३ जना अन्जन पक्षका विजयी भएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते निर्वाचन भएको छ । निर्वाचनबाट करिब दुई तिहाइ मतसहित रास्वपा पहिलो दल बनेको छ । सरकार दुई तिहाइको बनेको समयमा उद्योग वाणिज्य महासंघमा पनि करिब दुई तिहाइ मतसहित अञ्जन श्रेष्ठको नेतृत्व चयन भएको छ । यो नेतृत्वले अब सरकारसँग निजी क्षेत्रको माग, अपेक्षालाई कसरी लैजान्छ त्यो भने हेर्न बाँकी रहेको उद्योगी व्यवसायीहरुको धारणा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi