Skip to content

सेयर बजारमा हिरयाली

nabil bank

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ ।

बजार मापन गर्ने सूचक २७.४९ अंकले बढेर परिसूचक २७४५.६५ बिन्दुमा कायम भएको छ ।

बजारमा ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा २ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँको कारोबार भएको छ ।

बजारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ०.६७, विकास बैंक ०.९५, वित्त १.८७, होटल तथा पर्यटन १.४८, जलविद्युत् १.७१, लगानी १.१०, जीवन बीमा ०.६२ र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त समूह ०.१६, म्युचुअल फन्ड ०.५५, निर्जीवन बीमा समूह १.५२ र अन्य समूह १.१३ प्रतिशतले बढेको छ ।

त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi