काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेक छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताए । उनले भने, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन् । तपाईहरु हल्लाको पछि नपर्नुस् तपाईहरु हाम्रो साझेदार हो।”
कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए । उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो ।, दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो,मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी हो । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो ।
अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे ।












प्रतिक्रिया दिनुहोस्