काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्ने बताएका छन् ।
अध्ययन समिति बनेको र समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । मन्त्री वाग्लेले लामो समयमदेखि नेप्सेको पुसनर्संरचनाका विषयमा छलफल भएको तर, काम हुन नसकेको भन्दै अब यो कार्यान्वयनमा जाने बताए ।
मन्त्री वाग्लेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा पुँजी बजार सुधारका लागि धेरै विषय समावेश गरेको र सरकारले ल्याउने बजेटबाट यी विषयले बृहत आकार लिने बताए । मन्त्री वाग्लेले सेयर बजारमा भित्री कारोबार गरेर अकुत सम्पत्ति कमाउने, अकुत सम्पत्ति आर्जन गरेर केही प्रभावशाली नेता गोजीमा राख्ने प्रवृति रहेको र त्यो अब निस्तेज भएको उल्लेख गरे ।
‘‘अकुत कमाउनेहरुले यस्ता संस्था कब्जा गरेर राखेका रहेछन’’ मन्त्री वाग्लेले भने, “जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ । नत्र यस्ता व्यक्तिका कारण हामी भडखालोमा जाकिने थियौ ।’’ उनले यस्ता संस्थाका पुराना नेतृत्वलाई बहिर्गमन गरेर अब राम्रो छवि भएका देश वा विदेशमा जहाँ भएका भएपनि बोलाएर राम्रो काम गर्ने लक्ष्य राखेको बताए ।





प्रतिक्रिया दिनुहोस्