Skip to content

वर्षायामसँगै सम्भावित जोखिम कम गर्ने ध्यानमा प्राधिकरण, का.मु. कार्यकारी निर्देशकसहितको टोली निरीक्षणमा

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली वर्षायाममा हुन सक्ने सम्भावित जोखिम तथा चुनौतीहरूलाई ध्यानमा राख्दै रसुवा र नुवाकोटका जलविद्युत आयोजनाको निरीक्षण भ्रमण गरेको छ ।

प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, काठमाडौं ग्रिड महाशाखाका प्रमुख प्रज्वलमान श्रेष्ठसहितको टोलीले देविघाट जलविद्युत केन्द्र, त्रिशूली जलविद्युत केन्द्र, नुवाकोट वितरण केन्द्र तथा निर्माणाधीन माथिल्लो त्रिशूली३ बी जलविद्युत आयोजनाको उत्पादन, प्रसारण तथा वितरण प्रणालीको अवस्थाको अनुगमन तथा निरीक्षण गरको हो ।

निरीक्षणका क्रममा कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले वर्षाका कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी तथा सुरक्षात्मक उपायहरू समयमै कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

नयाँ कर्मचारीहरूको प्राविधिक ज्ञान तथा सीप विकासका लागि अनुभवी कर्मचारीबाट अनुभव आदन-प्रदान हुनेगरी सहभागितामूलक कार्यसंस्कृतिको विकासमा जोड दिनुहोला,’ उनले भने, ‘त्योसँगै संस्थागत अनुभव र दक्षताको हस्तान्तरणलाई प्रभावकारी बनाएर अघि बढ्नुहोला ।

उनले सुरक्षित, भरपर्दो र निरन्तर विद्युत सेवा प्रवाहका लागि उत्पादन, प्रसारण तथा वितरण प्रणालीबीच प्रभावकारी समन्वय कायम गर्दै समयमै मर्मतसम्भार, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउँन सबैको हातेमालो आवश्यक रहेको पनि उल्लेख गरे ।

उनले विगतमा बाढीका कारण क्षति पुगेका ड्याम तथा हेडवक्र्स लगायतका संरचनाहरूको संरक्षण तथा पुनःस्थापनाको अवस्थाबारे पनि जानकारी लिए ।

उनी सहितको टोलीले गतवर्षको बाढीले क्षति पुर्‍याएको त्रिशूली-३ बी हब सबस्टेशन, त्रिशूली-३ बी हब-मातातीर्थ २२० केभी प्रसारण लाइन अन्तर्गतका टावर नं. ८ र १५, तथा त्रिशूली-३बी हब-समुन्द्रटार १३२ केभी प्रसारण लाइन अन्तर्गतको टावर नं. १२ को समेत निरीक्षण गर्यो ।

आगामी वर्षायाममा प्रसारण प्रणालीलाई सुरक्षित, भरपर्दो र अविच्छिन्‍न बनाउन आवश्यक कार्यलाई उच्च प्राथमिकतामा अघि बढाउन उनले महाशाखाको प्रमुख प्रज्जवलमान श्रेष्ठलाई निर्देशन दिए ।’ वर्षायाम नजिक आउँदै छ, यस्तो बेला सम्भावित जोखिम तथा चुनौतीहरूलाई ध्यानमा राखेर आवश्यक सुरक्षात्मक कार्य यथाशीघ्र सम्पन्न गर्नेतर्फ ध्यान दिनुहोला,’ उनले भने, ‘त्योसँगै विद्युत उत्पादनलाई चुस्त-दुरुस्त राख्‍न र वर्षायाममा कुनै अवरोध आउन नदिन पुनःनिर्माण तथा मर्मतसम्भारका कार्यलाई तीव्रता दिनुहोला, आवश्यक परेको अवस्थामा केन्द्रलाई तत्काल जानकारी दिनु आवश्यक सहयोगका लागि तयार छौँ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi