Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, १८८ कम्पनीको मूल्य घट्यो

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १२.२६ अंकले घटेर परिसूचक २७११.७६ बिन्दु कायम भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ रहेको छ । ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी अन्य समूहको उपसूचक घटेको छ । कारोबारमा ७३ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा सोपान फर्मास्यूटिकल्स, अपोलो हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi