Skip to content

सेयर बजार स्थिर, कारोबार रकम घट्यो

nabil bank

काठमाडौं । बुधबारको सेयर बजार स्थिर रहेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ०.०८ अंकलेमात्र बढेर २७०५.५३ बिन्दुमा रहेको छ । अघिल्लो कारोबार दिन मंगलबार ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा झरेको सेयर बजार आज भने स्थिर रहेको हो ।

आज सेयर बजार स्थिर रहेको भएता पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । मंगलबार ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर मूद्यय बढेको छ । बाँकी उपसमूहहरुको सेयर मूल्य घटेको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi