Skip to content

सेबोन अध्यक्ष डा. भट्टको पहिलो निर्णय: सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणका बिषयमा तालिम दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आज पदभार ग्रहण गरेका छन् ।

उनले पदबहालका क्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित लक्षित वित्तीय प्रतिबन्ध विषयमा धितोपत्र बजार सम्बद्ध सूचक संस्थाहरूका कर्मचारीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन ।

यसबाट सूचक संस्थामा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अवधारणा तथा बुझाईको क्षमता अभिवृद्धि हुने र नेपालको रेटिङमा प्रभावकारी हुने र नेपाल खैरो सूचीबाट बाहिर निस्कन सहयोग पुग्ने अपेक्षा रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T