काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १२.९६ अंकले बढेर परिसूचक २६८५.५४ बिन्दु कायम भएको छ ।
आज ३३७ कम्पनीको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा १८० कम्पनीको मूल्य बढेको छ भने ८२ वटाको घटेको छ । आज निर्जीबन बाहेक सबै उपसमूहका उपसूचकहरु बढेका छन् ।
लगानीकर्ताकोे बढी ध्यान आज बैंकिङ समूहले तानेको छ । एनआईसी र स्टयान्डर्ड चार्टर्ड बाहेक सबै बैंकको सेयर मूल्य बढेको छ ।







प्रतिक्रिया दिनुहोस्