Skip to content

बोर्डमा प्राथमिक बजार सुधार सहजीकरण गर्न सात सदस्यीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्ता मैत्री बनाउन कार्यदल गठन गरेको छ ।

बोर्डका नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन गरेको हो ।

बोर्डबाट तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका एक जना प्रतिनिधि, मर्चेण्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, पूँजी बजार समितिको संयोजक गरी सात सदस्यीय रहेको कार्यदल गठन भएको हो।

उक्त कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, बिद्युत नियमन आयोग,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत अन्य सरोकारवाला संघ संस्थाका विज्ञ समेत आवश्यकताको आधारमा आमन्त्रित गर्न सकिने जनाइएको छ ।

आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीति अन्तर्गत रहेको नियामकीय सुधार कार्यान्वयन गर्ने उद्देश्यका साथ गठित उक्त कार्यदलको पहिलो बैठक म‌ंगलबार बोर्डको कार्यालयमा बसेको छ ।

बैठकमा प्राथमिक बजारको सुधार सम्बन्धमा छलफल भएको बताइएको छ ।

उक्त कार्यदलको प्रमुख कार्यशर्तहरूमा प्राथमिक बजारको सुधार नीति, धितोपत्रको सार्वजनिक निष्काशन, बुक बिल्डिङ्ग, मर्चेन्ट बैंकर, आईपीओ बाँडफाँड, डिजिटल आईपीओ, आईपीओका लागि योग्यता,आईपीओ प्राइसिङ,संस्थागत लगानीकर्ता, डिउ डेलिजेन्स लगायत प्राथमिक बजारसँग सम्बन्धित अन्य विषयवस्तुहरू रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T