काडमाडौं । नेपाल ल्यूब आयलले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २१.०२६४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसमा १५ प्रतिशत बोनस सेयर रहेको र कर सहित ६.०५२६४ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले असोज १९ गतेका लागि ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सो सभामा लाभांश सहित १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने,सञ्चालक समितिको पुर्नगठनलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।
सभा प्रयोजनका लागि असोज ५ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । असोज २ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्