Skip to content

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना, ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’

काठमाडौं। नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेकोले विशेष उत्सव योजना ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत उपभोक्ताले बेकोका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक उपहार, क्यासब्याक तथा सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

यस विशेष योजनामा बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू समावेश छन् । योजनाअन्तर्गत वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशर खरिदमा २ पीसीएस वाशिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभन खरिदमा प्रेसर कुकर तथा डबल डोर रेफ्रिजरेटर खरिदमा इलेक्ट्रिक केटल निःशुल्क प्रदान गरिनेछ । साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ ।

यसका अतिरिक्त, उपभोक्ताले रु। ३०,२०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बेकोले आफ्ना उत्पादनहरूमा शतप्रतिशत पार्ट्स उपलब्धता तथा सर्भिसको सुनिश्चिततासँगै १२ वर्षको मोटर वारेन्टीसमेत प्रस्तुत गरेको छ ।

दसैँको अवसरमा परिवारसँग बिताइने हरेक पललाई अझ सहज र खुसीमय बनाउने उद्देश्यले बेकोले यो विशेष योजना ल्याएको हो । आधुनिक प्रविधि, आकर्षक डिजाइन र उपयोगी सुविधासहितका घरायसी उपकरणमार्फत उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँदै चाडपर्वको खुसीमा साथ दिने ब्रान्डको विश्वास छ ।

विश्वव्यापी रूपमा घरायसी उपकरण उत्पादन तथा बिक्री गर्दै आएको बेकोले नवीनतम प्रविधि र उपभोक्तामैत्री उत्पादनहरूमा जोड दिँदै आएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी सीजी इलेक्ट्रोनिक्सले नेपालमा बेकोका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । बेकोका उत्पादनहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन् ।

उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन् । बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन् । कम्पनीले आधुनिक प्रविधियुक्त, ऊर्जा दक्ष तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ । यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima