Skip to content

ट्यांकर चालकको हडताल, सेना र प्रहरीको पम्पमा उपभोक्ताको भिड

nabil bank

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि नेपाल प्रहरी र सेनाको पेट्रोल पम्पमा उपभोक्ताको भिड लागेको छ । देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्रको पेट्रोल पम्पहरूमा सर्वसाधारणको थेगिनसक्नु भिड लागेको हो ।

पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनपश्चात प्राइभेट पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री बन्द गरेका छन् । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखिएको छ । यसको अर्थ सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । तर, ट्यांकर चालक संघमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लंघन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ‘आन्दोलनरत पक्षसँग छलफल थालेका छौँ । आज बेलुकासम्ममा केही निष्कर्ष आउला’, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi