Skip to content
Prabhu

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

काठमाडौं । अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ ।

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन् ।

संसद्का बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएको उनको सचिवालयले जनाएको छ । बुधबारको प्रतिनिधिसभको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal