Skip to content

प्रोभिजन घट्दा माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

nabil
global ime

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने प्रोभिजन घटेको छ । जसले ब‌ैंकको नाफा बढाउन सहयोग गरेको छ ।

असोज मसान्तसम्म बैंकले २१ करोड १२ लाख ७९ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ । गत आवको सोहो अवधिमा ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा १ अर्ब ४५ करोड ८९ लाख ४८ हजारबाट बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

सन्चालन नाफा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँबाट बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

असोजसम्म बैंकको वितरणयोग्य ११ करोड २१ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.४ रुपैयाँ रहेको छ । १५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ब‌ैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब २८ अर्ब ३७ करोड २० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले बैंकले १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T