काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
मौसमका कारण यो खेल ५-५ ओभरको हुने भएको छ । जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ ।
यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षातका कारण रद्द भएको छ ।









प्रतिक्रिया दिनुहोस्