Skip to content

राष्ट्रियस्तरका विकास बैंकको निष्क्रिय कर्जा बढ्यो, ४ वटाको ५ प्रतिशत भन्दा बढी

nabil
global ime

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकको निष्क्रिय कर्जा बढ्नेक्रम जारी नै छ ।

बैंकहरुले चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । जसमा ४ वटा बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी ४ वटाको ५ प्रतिशत भन्दा कम छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार बैंकको निष्क्रिय कर्जा औसतमा ०.०७३ प्रतिशत बिन्दुले बढेर ५.८० प्रतिशत पुगेको छ ।

गत आवको सोही अवधिमा विकास बैंकको निष्क्रिय कर्जा ५.७३ प्रतिशत रहेको थियो । यो अवधिमा लुम्बिनी विकास, कामना सेवा, ज्योती विकास बैंकको निष्क्रिय कर्जा घटेको छ भने बाँकी अन्य बैंकको बढेको छ ।

लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा ०.७९ प्रतिशत बिन्दुले घटेर ६.९९ प्रतिशत, कामना सेवाको ०.४८ प्रतिशत बिन्दुले घटेर ३.९३ प्रतिशत र ज्योति विकास बैंकको ०.८ प्रतिशत बिन्दुले घटेर ७.७१ प्रतिशत रहेको छ ।

यस्तै मुक्तिनाथको ०.७ प्रतिशत बिन्दुले बढेर ४.७३ प्रतिशत, गरिमाको ०.०८ प्रतिशत बिन्दुले बढेर ४.८१ प्रतिशत, शाइन रेसुंगाको ०.१ प्रतिशत बिन्दुले बढेर ४.७१ प्रतिशत, महालक्ष्मीको ०.९९ प्रतिशतले बढेर ६.४९ प्रतिशत र सांग्रिलाको ०.७८ प्रतिशत बिन्दुले बढेर ७.६४ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T