काठमाडौं । चालु आर्थिक वर्ष २०८३–८४ को असोज मसान्तसम्म फाइनान्स कम्पनीहरूले १५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् । उपलब्ध तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटा फाइनान्स कम्पनीले कुल १५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
नाफा आर्जन गर्ने कम्पनीमध्ये आईसीएफसी फाइनान्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले असोजसम्म ६ करोड ९७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड २४ लाख ५५ हजार रुपैयाँ थियो । यससँगै कम्पनीको नाफा २१०.७९ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, असोज मसान्तसम्म गुर्खाज फाइनान्सले ६ करोड ७४ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ४ करोड २४ लाख १५ हजार रुपैयाँ नोक्सानीमा थियो ।
यसैगरी, चालु आर्थिक वर्षको ३ महिनामा गूडवील फाइनान्स कम्पनीले ६ करोड ३१ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।
मञ्जुश्री फाइनान्सले भने नाफा घटेको छ । यस कम्पनीको नाफा ४८.५७ प्रतिशतले घटेको हो । गत आवमा नोक्सानीमा रहेको बेस्ट फाइनान्स चालु आवको तीन महिनामा नाफामा गएको छ । यस कम्पनीले चालु आर्थिक वर्षमा २ करोड ३८ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको हो ।
सेन्ट्रल फाइनान्सले २ करोड ९ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ। यसैगरी, श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा ४७०.७२ प्रतिशतले बढेर १ करोड ९६ लाख ५० हजार रुपैयाँ पुगेको छ।
मल्टिप्रपोज फाइनान्सको नाफा भने ७५.९३ प्रतिशतले घटेर ३२ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ३५ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो।
यसैगरी, रिलायन्स फाइनान्स १ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको छ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ३५ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । जानकी फाइनान्स ८५ लाख ८५ हजार रुपैयाँ घाटामा छ भने नेपाल फाइनान्सको घाटा २ करोड ९९ लाख ५२ हजार रुपैयाँ पुगेको छ।
प्रोग्रेसिभ फाइनान्सले ४ करोड ३१ लाख ५० हजार रुपैयाँ घाटा बेहोरेको छ । पोखरा फाइनान्सको घाटा ४ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्