काठमाडौं । बीमा प्राधिकरणले सम्पूर्ण बीमकहरूलाई सार्वजनिक, साप्ताहिक बिदाका दिन वा नियमित कार्यालय समयभन्दा बढी समय काममा लगाउनु पर्ने भए सट्टा विदा तथा अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ ।
बीमकहरुले सार्वजनिक,साप्ताहिक बिदाका दिन तथा नियमित कार्यालय समयभन्दा बढी समय कर्मचारीहरूलाई काममा लगाउने गरेको भन्दै प्राधिकरणमा गुनासा आएको जनाएको छ ।
”गुनासाका सम्बन्धमा व्यावसायिक आवश्यकता अनुसार कर्मचारीहरुलाइ सार्वजनिक /साप्ताहिक बिदाका दिन वा नियमित कार्यालय समयभन्दा बढी समय काममा लगाउनु पर्ने भएमा प्रचलित श्रम ऐन तथा नियमावली बमोजिम सट्टा बिदा तथा अतिरिक्त पारिश्रमिकको व्यवस्था मिलाउनु” निर्देशनमा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्