Skip to content

तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास, पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य

nabil
global ime
काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन्।
आयोजना निर्माणको जिम्मा यसअघि नै भारतीय कम्पनी सिभिल डीआर अग्रवालले पाइसकेको छ। कम्पनीले निर्माणका लागि आवश्यक कर्मचारीसमेत परिचालन गरिसकेको छ। आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस आयोजनाको लाइसेन्स भारतीय कम्पनी सतलज जलविद्युत निगमले प्राप्त गरेको हो। आयोजनाबाट उत्पादन हुने कुल विद्युतमध्ये २१।९ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T