Skip to content

राष्ट्रिय वाणिज्य बैंकले माग्यो हरित ऊर्जा विज्ञ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ जना विज्ञ कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो ।

यो पदका लागि इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेको अथवा ऊर्जा तथा वाणिज्यसम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। न्यूनतम तीन वर्ष काम गरेको हुनुपर्नेछ। आवेदन बुधबारदेखि १५ दिनभित्र दिनुपर्ने छ।

बैंकले तोकेको दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा टाँस गरी बैंकको मानव संसाधन विभागमा तथा यस बैंकको इमले आईडी [email protected] मा मेल गर्न सकिने बताइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T