काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।
नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।
नेप्सेले १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी छन् । यसैगरी निर्जीवनबाट ९ वटा, जीवन बिमा समूहबाट ७ वटा र ४० वटा लघुवित्त कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।
त्यसैगरी, नेप्सेले जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्