Skip to content

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। उक्त कम्पनीले चैत ५ गते सोमबार शुभ होटल, वीरेन्द्रनगर, सुर्खेतमा प्रथम वार्षिक साधारणसभा बोलाएको छ। 

उक्त सभाले आईपीओ निष्कासनका साथै सोसम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi