Skip to content
Prabhu

केयूकेएलमा रोजगारीको अवसर, उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि आवेदन माग

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न तहमा कर्मचारी माग गरेको छ । केयूकेएलले बिहीबार सार्वजनिक सूचना जारी गरेर ३८ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।

केयूकेएलले रिक्त भएका पदहरू आन्तरिक, खुला, समावेशी प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने गरी सूचना निकालेको हो । केयूकेएलले उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मको पदको लागि दरखास्त आह्वान गरेको हो । दरखास्त फाराम कम्पनीको वेबसाइट बाट डाउनलोड गरी प्राप्त गर्न सकिने सूचनामा भनिएको छ । उमेद्वारले आज साउन २४ गतेदेखि २१ दिनभित्र आवेदन बुझाउनु सक्नेछन् ।

उमेर हकमा अधिकृत स्तरको सातौं, आठौं र नवौं तह पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, छैटौं तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । महिला र अपांगता भएका व्यक्तिको लागि ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal