Skip to content

‘द अनब्रेकेबल स्मार्टफोन’ अनर एक्स९बी फाइभजी नेपाली बजारमा

 

काठमाडौँ । अनर एक्स९बी फाइभजी आजदेखि नेपाली बजारमा प्रवेश गरेको छ। यो फोन (१२+२५६) जीबीको ठूलो स्टोरेज  र ५८०० एमएएच ब्याट्रीको साथ उपलब्ध छ । 

नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा।लिमिटेडले यो फोन नेपालमा लन्च गरेको हो । यसको प्रि(बुकिङ भने २१ जनवरीबाट नै सुरु गरिएको थियो। २७ जनवरीमा प्रि(बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध छ।

एकदमै बलियो डिस्प्ले भएको यो फोनलाई उचाईबाट खसाल्दा तथा धेरै झट्काहरू पर्दा पनि केही नहुने कम्पनीले बताएको छ । यो फोन सनराइज ओरेन्ज, इमरल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तिन रङमा उपलब्ध छ जहाँ सनराइज ओरेन्ज यसको ब्याकसाइडमा भेगन लेदरको साथ आउँछ।

फोनमा १०८ एम।पी अल्ट्रा(क्लियर क्यामेरा, ५ एमपी अल्ट्रा(वाइड क्यामेरा, र २ एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा रहेको छ। सेल्फीको लागि भने १६एमपी क्यामेरा छ । सेलट्रोन नेपालले अनर एक्स९बी फाइभजी (१२+२५६)जीबी  भेरियन्टको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima