Skip to content
Prabhu

सामसङले सार्वजनिक गर्‍यो ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज

काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलीजको साथै मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ ।  शुक्रबार काठमाडौं मेरियट होटलमा गरिएको अनप्याक कार्यक्रममा मोबाइल उपकरणहरूमार्फत विश्वसँग अन्तरक्रिया गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गरिएको सामसङले जनाएको छ । 

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।

निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो । सामसङ ग्यालेक्सी एआइको साथ हामी अल्ट्रा–पर्सनालाईज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौं । हाम्रो पहिलो एआइ सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र  एक्सपिरिएन्सलाई जोड्छ । आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन ।’

ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी एआइलाई आफ्नो जीवनमा ल्याउन सबै जनाले अनुभव बाटै धेरै प्रभावित र मोहित भएको सामसङले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal