Skip to content
Prabhu

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

nabil

काठमाडौं । नेपाल मेडिकल कलेजले आज एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सकसहित प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो । अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ ।

यस्तै, कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत स्वास्थ्यकर्मी माग गरेको छ । कलेजको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरिएको हो ।

यसैगरी, लेखा नियन्त्रक, क्लिनिकल फर्मासिष्ट, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, इलेक्ट्रिकल अफिसर, डेन्टल सर्जनसमेत माग गरेको छ । इच्छुक उम्मेदवारले इमेल मार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तरवार्तामा सहभागी हुन पाउने छन् । असोज १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कलेजले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal