काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा अनलाइनका प्रकाशक र सम्पादकलाई तीन महिना जेल सजायको फैसला सुनाएको छ ।
सर्वोच्च अदालतले सिधा कुराडटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको फैसला सुनाएको हो ।
आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले प्रकाशक र सम्पादकलाई ा३÷३ महिनाको कैद सजाय सुनाएको हो ।
प्रकाशक र सम्पादकले अदालत समक्ष माफी मागेमा ७ दिन कैद सजाय हअुने फैसला सर्वोच्चले सुनाएको हो ।
सिधाकुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश सहित केही मिडियाका प्रकाशकले लेनेदेन गरेको अडियो सहितको समाचार प्रकाशन गरेको थियो ।
सर्वोच्च अदालतले सो अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई ६ महिनाको कैद सजाय सुनाएको छ ।
प्रतिक्रिया दिनुहोस्