Skip to content
Prabhu

दुईवटा वाणिज्य बैंकलाई राष्ट्र बैंक गर्यो कारबाहीमा

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियम उल्लंघनको भन्दा कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराइएको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्ने र सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको देखिएपछि कारवाहीस्वरूप सचेत गराएको छ । यो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत दफा १०० को उपदफा (१) (क) को आधारमा गरिएको हो ।

त्यस्तै, प्रभु बैंकलाई लकर रोक्का राख्नका लागि दिइएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सोही ऐनको अनुसार सचेत गराएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal