Skip to content

मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन

nabil bank

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेको र त्यहाँबाट पानी बगेर खेर गइरहेको जानकारी आएपछि मन्त्री यादवले आज मातहतका सम्पूर्ण निकायलाई तत्काल फुटेका पाइप नयाँ जडान एवं मर्मत गरी पानी सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

यसैगरी मन्त्री यादवले पछिल्लो समय खानेपानीका पाइप फुटेका र मर्मत नभएका कारण नागरिकका घरमा पानी पुग्न नसकेको गुनासो आएको बताउँदै उनले भने, ‘जहाँ पाइप फुटेका छन् तत्काल मर्मत गरी पानी सञ्चालन गर्नुस्, जनताका धारामा पानी जान बन्द नहोस् ।’

उनले पाइप फुटेका ठाउँहरुमा नयाँ पाइप जडान गरी पानी सञ्चालनका लागि निर्देशन दिनुका साथै प्रत्येक वडामा गएर पानी आए नआएको तथा कहाँकहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्नसमेत निर्देशन दिनुभयो । उहाँले मन्त्रालयले काठमाडौं उपत्यकावासीका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन ठेक्का आह्वान गरिसकेको जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi