Skip to content

रोल्पामा अटो दुर्घटना, एक जनाको मृत्यु

रोल्पा । रोल्पामा अटो दुर्घटनमा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते छन्। मंगलबार भएको दुर्घटनामा रुन्टीगढी गाउँपालिका वडा नम्बर २ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी वडा नम्बर १ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरू दुवैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

दुवै जनाको जिल्लाकै अस्पतालमा उपचार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi