काठमाडौं । काठमाडौंको बबरमहलमा माघ महिनामा नै बाढी आएको छ । उक्त क्षेत्रमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर बाढी आएको हो ।
पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । पाइप फुटेर निस्केको पानीले जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएका छन् । अदालतको पहिलो तला नै डुबाएको छ ।
साथै वन परिसर डुबानमा परेको छ । डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ । पाइप फुटेर सडकसमेत जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ । एक लेन पुरै बन्द भएको छ भने अर्को लेनमा सवारी जाम भएको छ ।

अहिले सशस्त्र प्रहरी र महानगर नगरप्रहरीको टोलीले डुवानमा परेको उद्धार गरिरहेको छ । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।






प्रतिक्रिया दिनुहोस्