Skip to content

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै

nabil bank

वीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ ।

सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताए। उनले भने, ‘पर्साका सातवटा पालिकाका सेवाग्राहीलाई लक्ष्यित गरेर कार्यालयको सेवा विस्तार गर्न लागेका हौँ । अब सेवाका निम्ति वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’

कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime