Skip to content

डेढ अर्ब बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ

nabil bank

काठमाडौं । नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत डेढ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् ।

नेपाल प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार चार सय ३० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिई व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमती गर्न) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi