काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँका केही सडकलाई एकतर्फी (वन वे) बनाएको छ । यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन बाटो एकतर्फी गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाको भवन व्यवस्था समितिले पुस ५ गते निर्णय गरेर हाँडीगाउँका विभिन्न सडकलाई एकतर्फी बनाएको हो ।
एकतर्फी बनाइएका सडक
काठमाडौं महानगरपालिका वडा नम्बर ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नम्बर ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाकाल तर्फमात्र प्रवेश गर्न पाउने।
हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने।
नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नम्बर ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
ढुंगेधााराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध ।
वडा नम्बर ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध।
बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध।






प्रतिक्रिया दिनुहोस्