Skip to content

बैंकका कर्मचारीलाई श्रम ऐन नलाग्ने सर्वाेच्चको व्याख्या, बोनसको जिम्मा बैंकलाई नै

nabil
global ime

काठमाडौं । गत शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी, र टेकप्रसाद ढुंगानाको बृहत् पूर्ण इजलासले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने ठहर गर्दै फैसला गर्यो । यो फैसलापछि अब बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई श्रम ऐनबाट बन्चित हुने अवस्था देखिएको हो ।

त्यस्तै सर्वाेच्च अदालतको फैसलाले अब कर्मचारीलाई बोनस दिने नदिने निर्णय गर्ने अधिकार पनि बैंक व्यवस्थापनलाई नै हुने भएको छ । कर्मचारीले बोनस भने पाउन सक्ने व्याख्या गर्दै यो अधिकार बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन र सञ्चालक समितिको तजविजीमा निर्भर रहने निर्णय गरेको हो ।

स्वाबलम्बन विकास बैंकका कर्मचारीहरूले श्रम ऐनअनुसार सेवा सुविधा नपाएको भन्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरु विशेष ऐनद्वारा सञ्चालित भएको हुँदा त्यसमा श्रम ऐनले नछुने सर्वाेच्चको व्याख्या रहेको छ।

सर्वोच्चको फैसलाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले श्रम ऐनको अधिकार नपाउने स्पष्ट पारेको छ । तर, बोनस ऐन २०३० (संशोधनसहित) मा उल्लेख भएको बोनस पाउने व्यवस्थालाई भने कायम राख्दै उनीहरूलाई बोनस लिन बाटो खुला भने राखेको छ ।

बैंक तथा वित्तीय संस्थालाई श्रम ऐन नलाग्ने क्षेत्रको रूपमा व्याख्या गरिएपछि कर्मचारीहरूले ट्रेड युनियन गठन गर्ने अधिकारसमेत गुमाएका छन् । श्रम ऐन अन्तर्गत ट्रेड युनियन दर्ता हुनुपर्ने भएकाले अब बैंक क्षेत्रमा युनियन स्थापित हुन नसक्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

फैसलाको ११२ नम्बर बुँदामा बोनस दिन कुनै जटिलता नहुने उल्लेख गर्दै राष्ट्र बैंकको नमुना विनियमावली अनुसार सम्बन्धित बैंकहरूले आफ्नै कर्मचारी विनियमावली बनाएर बोनस दिन सक्ने व्यवस्था खुला गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T