Skip to content

ईशानेश्वर महादेव मन्दिर परिसरस्थित गौरीकुण्ड ओझेलमा

लमजुङ । यहाँस्थित करापुटार ईशानेश्वर महादेव मन्दिर परिसरमा गौरीकुण्डको पुननिर्माण गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु दशलाख बजेटमा पुनर्निर्माण गरिएको हो ।

गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री टकराज गुरुङले हालै नवनिर्मित कुण्डको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकार ऐतिहासिक स्थलको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए। इतिहासकारका अनुसार पार्वतीको दोस्रो नाम गौरीले अभिशेक गरेर महादेव उत्पन्न भएको स्थानमा सोही कुण्डको पानी लिएर जल अर्पण गरिएको हुनाले सो कुण्डको नाम गौरीकुण्ड रहेको किम्बदन्ती पाइन्छ । जहाँँदेखि श्रद्धालु भक्तजनले श्राद्धलगायत पूजापाठको लागि शुद्ध पानी लिएर महादेव मन्दिरमा चढाउने गर्छन् ।

सन्तान नभएका महिला तथा पुरुष दुवैले शिवरात्रिको अवसरमा बत्ती बाल्ने प्रचलन छ र सन्तान प्राप्ति हुने भएकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ ।

मध्यनेपाल नगरपालिका–७ का वडाध्यक्ष हीराबहादुर गुरुङले आर्थिक मामिलामन्त्री गुरुङलाई ईशानेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण आयोजनाको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

सन्तानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भारत बङ्गलादेश लगायतका हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहने जनाउँदै नजिकिँदै गरेको शिवरात्रि पर्वलाई मध्यानजर गर्दै भक्तजनलाई सजिलोका लागि गौरीकुण्डको निर्माण सम्पन्न गरिएको महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T