Skip to content

युएसआईडीसम्बन्धी समाचारमा अर्थ मन्त्रालयको ध्यानाकर्षण

nabil bank

काठमाडौ । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग युएसआईडीबाट सञ्चातिल कार्यक्रमहरुको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा अहिले यो कार्यक्रम ९० दिनका लागि मात्रै रोकिएको जानकारी भएको भन्दै गलत प्रचार भएको उल्लेख गरिएको छ । ‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोग नियोग युएसआईडी बाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुदै आएको छ । यसै बीच अमेरिकी राष्ट्रपतिबाट सन् २०२५ को जनावरी २० देखि जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणाली मार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसै गरी जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको विज्ञप्तिमा भनिएको छ । त्यस्तै डिजाइनको क्रममा रहेका कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime