Skip to content

नेपालगञ्जमा सिटी हलको शुभारम्भ, विकास निर्माणले आर्थिक गतिविधिलाई बढवा दिन्छः उपप्रधानमन्त्री सिंह

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगञ्ज सिटी हलको आज शुभारम्भ भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेद्वारा निर्माण भएको सो सिटी हलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभाररम्भ गरे । उनले विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै यसले आर्थिक गतिविधिलाई बढवा दिने बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उप्रधानमन्त्री सिंहले भने, ‘सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।’ उनले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताए । उनले सिटी हलको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्नान्तरण गरे ।

प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिँदै समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताए।

प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए ।

कूल २८ करोड रुपैयाँ बढी लागतमा निर्माण भएको सिटी हलको क्षमता सात सय ९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्