काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले काठमाडौं उपत्यका बाहिर अहिलेपनि धेरै लोडसेडिङ रहेको बताएका छन् ।
नाइमाले राजधानीको भृकुटीमण्डपमा आयोजना अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन् । उनले काठमाडौंमा बत्ति भयो, उज्यालो भयो भन्दैमा देशमा लोडसेडिङ छैन भन्न नमिल्ने उनको भनाई छ ।
आफुले सञ्चालन गरेको हुवासिङ सिमेन्ट, चितवनमा रहेको होटलमा समेत लोडसेडिङको ठूलो समस्या रहेको बताए ।
‘काठमाडौंमा मात्रै हो बत्ति नजाने’, उनले भने ‘ काठमाडौं बाहिर चितवन लगायतका जिल्लामा धेरै नै बत्ती जाने गरेको छ । काठमाडौंमा बत्ती भएको देखेर देशैभर लोडसेडिङ छैन भन्ने होइन । उद्योगमा लोडसेडिङ बढ्दो छ ।’
उनले लोडसेडिङका कारण काम गर्न असहज भएको बताए ।






प्रतिक्रिया दिनुहोस्