Skip to content

जेनजी आन्दोलनः निजी क्षेत्र धुलो टकटक्याएर उठले प्रयास गर्दैछ, उद्योगीलाई गरिखाने वातावरण बनाईदिनु: अध्यक्ष ढकाल

एलडिसी अपग्रेडको समय तीन बर्ष सार्न अपिल गर्न सरकारसँग माग

nabil bank

काठमाडौ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र खरानी टकटक्याउँदै उठने प्रयासमा रहेकाे बताएका छन् ।

ब्यापार ब्यबसायमा लुटपाट भएको, आगजनी भएको उल्लेख गरे । ब्यापारीले नाफा कमाउनु अपराध गरे सरह सोचिएको उल्लेख गरे । आगजनी गर्ने, तोडफाेड गर्नेलाई कारबाही नगरे समस्या बढने बताए । उनले निजी क्षेत्रलाई गरिखाने वातावरण बनाउन आग्रह गरे ।

उनले आपराधिक गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरे ।

महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा उनले सरकारले तोकेको समय भन्दा पहिला कर बुझाउँँने गरेको उल्लेख गरे ।

उनले करिब ७ बर्षदेखि बिवादमा रहेको डेडिकेटेड तथा ट्रंक लााईन विवाद समाधान गर्न महासंघ र आफुले गरेको आग्रह सरकारले आत्मसाथ गरेको उल्लेख गरे ।

उनले जेनजी आन्दोलनमा ४८ अर्बको क्षति र ८८ अर्ब नोक्सानी भएको बताए ।

अहिले निजी क्षेत्रले काम गर्दा ४ देखि ७ सरकारी निकाय जानू पर्ने बाध्यता हटाउन सरकार समक्ष माग गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले पुर्वाधार बनाउन निकै असहज रहेको जानकारी गराए । पुर्वाधार बनाउँदा वनको समस्या, स्थानीय क्षेत्र क्षेत्रको अवरोध रहेको बताए ।

अध्यक्ष ढकालले नेपाल विकासशिल राष्ट्रमा स्तराेन्नती हुने क्रममा रहेको स्मरण गर्दै यसको समय तीन बर्ष समय थप्न संयुक्त राष्ट्र संघलाई अपिल गर्न सरकारलाई आग्रह गरे ।

सन् २०२६ सेप्टेम्बरमा नेपाल विकासशिल राष्टमा स्तरउन्नती हुने थियो । जेनजी आन्दोलन पछि यसलाई तीन बर्ष पछि लैजान अपिल गर्नुपर्ने उनको धारणा छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime